काठमाण्डाै - बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ ।नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाण्डौ फर्किने मन्त्रा...