जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अब जसपा मिल्ला त भन्ने प्रश्न आमनागरिक तथा जसपा कार्यकर्ताहरूमा व्याप्त छ ।
प्रतिनिधि सभाको दोस्रो विघटनअघि कोसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा तीव्र विवाद हुँदा जसपा विभाजनकै अवस्थामा पुगेको छ । जुन विवाद अहिले निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ ।
अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्षले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका थिए भने अर्का अध्यक्ष उपेन्द्र यादव विघटनविरुद्ध विपक्षी गठब...