प्रधानमन्त्री प्रचण्डले सुरु गरे नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयासः प्रचण्ड, नेपाल र यादवबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एस (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपाललाई सरकारमा सहभागी गराउने प्रयास सुरु गरेका छन्। सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच हात्तिवनको एक घरमा छलफल चलिरहेको छ। नेकपा एससँग १० र जसपासँग ७ सांसद रहेका छन्।

सम्बन्धित सामग्री

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड हात्तिवनमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका हुन् ।