काठमाण्डाै - आज बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पानी पार्ने मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
दिउँसो भने देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने...