रास्वपाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग गर्ने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यापारी प्रितम सिंह सक्रिय भूमिका खेलको भन्ने अभिव्यक्तिको विषयमा जवाफ माग्न लागेको हो ।

सम्बन्धित सामग्री

संसदमा एमालेले आज पनि विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने

१३ फागुन, काठमाडौं । नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ । ‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट के हुन्छ त्यो आएको छैन । हामी आज पनि सरकारको जवाफ माग्छौं’ एमालेका सचेतक महेश बर्तौलाले भने । […]

रिगल आममाफी प्रकरणबारे गृहमन्त्री श्रेष्ठसँग जवाफ माग्ने तयारीमा संसदीय समिति

काठमाडौं, १५ असोज । आममाफी प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ चेपुवामा परेका छन् । हत्या प्रकरणमा जन्मकैदको सजाय भोगिरहेको रिगल भनिने योगराज ढकालको आममाफी गृहमन्त्री श्रेष्ठको टाउको दुखाइको विषय बनेको छ । रिगलको आममाफीको विषयलाई लिएर सरकार र राष्ट्रपतिको सर्वत्र आलोचना भएको थियो । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त आममाफी प्रकरणमा […]

६७० कैदीबन्दीको सजाय मिनाहबारे रास्वपाले सरकारसँग जवाफ माग्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको सजाय मिनाह भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई

एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको जवाफ माग्ने

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एक व्यापारीको भूमिकाको विषयमा दिएको अभिव्यक्तिको विषयमा जवाफ माग्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले सोमबार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउनका लागि भारतीय मूलका व्यापारी प्रितम सिंहले धेरै मिहिनेत गरेको भन्ने अभिव्यक्तिको विषयमा जवाफ माग्ने निर्णय गरेको हो ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ। बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश भएको तर लिखित आदेश आई नसकेकाले कति दिनभित्र जवाफ […]

अमेरिका भ्रमणबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग जवाफ माग्ने

काठमाडौं : संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी अमेरिका भ्रमणबारे जवाफ माग्ने भएको छ। प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्न लागेको र भ्रमणका क्रममा अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम एसपीपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवालाई समितिमा बोलाएको हो। आज बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकमा अमेरिका भ्रमण र एसपीपीबारे जवाफ माग्ने तयारी रहेको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्।  प्रधानमन्त्

नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मुद्दामा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो । निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । पार्टी विधान विपरीत आफूहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न लागेको भन्दै रोक्न माग गरी माधव नेपाल समूहले सर्व...

माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने आदेश

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएकाे छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सो मुद्दा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाएका छन् ।वरिष्