पाकिस्तानकाे पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विराेध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे बीबीसीले जनाएको छ । खुट्टामा गोली लागेका खानको उपचार भइरहेको छ । घटनामा एक जनाको ज्यान गएको छ भने अन्य आठ जना व्यक्ति घाइते भएका छन् ।
गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले एक सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री खानलाई आफूले हत्या गर्न चाहेको तर असफल भएको बताएका छन् । घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कडा शब्दमा निन्दा गर्दै छानबिनका लागि निर्देशन दिनुभएको छ ...