पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको आक्रमणपछि टोकियोमा सम्बोधन गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले घटनाको निन्दा गरेका छन् । पूर्वप्रधानमन्त्रीमाथिको आक्रमणविरुद्ध एक भावनात्मक भाषणमा बोल्दै उनले गोलीबारीलाई 'घृणित कार्य' भनेर निन्दा गरेका हुन् ।