कञ्चनपुरको बालीनालीमा १ अर्बभन्दा बढीको क्षति

कञ्चनपुर । गत असोजको अन्तिम साता परेको वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पुर्‍याएको छ । बाढीका कारण एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले बताएको छ । केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये बाढीका कारण १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको छ । सबैभन्दा बढी धानखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले जानकारी दिए । उनका अनुसार धानखेती हुने ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १२४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ । ‘लामो समयसम्म पानी पर्दा खेतमा काटेर राखिएको धानमा समेत क्षति पुग्यो,’ उनले भने, ‘पूरै धान उम्रिएर कामै नलाग्ने भएपछि किसान बिचल्लीमा परेका छन् ।’ केन्द्रका अनुसार किसानले महँगोमा खरीद गरिएको आलुबाली रोपेर सकेका मात्रै थिए । त्यसै बेला आएको निरन्तरको पानीले पूरै खेतबारी डुबानमा पार्दा आलुबालीमा निकै ठूलो क्षति पुग्यो । रोपेका आलुका दाना सबै कुहिएपछि उम्रन पाएन । आलु बालीमा ३२ करोड ८८ लाख ८० हजारको क्षति पुगेको छ । आलुखेती हुने क्षेत्रफल दुई हजार हेक्टरमध्ये ८० हेक्टरमा क्षति पुगेको छ ।      तरकारी बालीमा ५८ लाख ६४ हजारको क्षति पुगेको छ । तरकारी रोप्ने क्रमसँगै बेमौसमी तरकारी बजारमा बेच्न तयार हुँदै गरेका बेला परेको पानीले तरकारीखेती लगाउने दुई हजार ६५० हेक्टरमध्ये १०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको अधिकृत मल्ले बताए । उनका अनुसार तोरीबाली उम्रने क्रममै रहेका बेला परेको पानीले दुई करोड ६२ लाखको क्षति भएको छ । खेती हुने आठ हजार ५९९ क्षेत्रफलमध्ये १३१ क्षेत्रफलमा क्षति पुगेको छ । निरन्तरको पानीसँगै आएको हावाहुरीले केराका बोट ढाल्दा किसानलाई निकै ठूलो क्षति भएको छ । केराखेतीमा दुई करोड ७७ लाख २० हजार बराबरको क्षति पुगेको छ । केराखेती हुने क्षेत्रफल ४१० मध्ये ४४ हेक्टरमा लगाइएको केरा खेतीमा क्षति पुगेको केन्द्रले बताएको छ । त्यस्तै हावाहुरीले उखुका बोट ढल्दा एक करोड ५७ लाख ५० हजारको क्षति भएको छ । उखुखेती हुने पाँच हजार ६२५ हेक्टरमध्ये ६३ हेक्टर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । रासस

सम्बन्धित सामग्री

फालेलुङमा २१ करोड बढीको क्षति

पाँचथर । २ असारमा मुसलधारे वर्षासँगै आएको बाढी, पहिरोले जिल्लाको फालेलुङ गाउँपालिकामा मात्र २१ करोड बढीको क्षति गरेको छ । गाउँपालिकाले अनुगमन समिति बनाएर क्षतिको विवरण संकलन गरेको हो । फालेलुङमा २१ करोड ३७ लाख ८५ हजार रुपैंयाँ बराबरको क्षति भएको अनुगमन समिति संयोजक रणजीत आङबुहाङले जानकारी दिए । बाढीले सो गाउँपालिकाभित्रको दुई वटा मोटरेवल […] The post फालेलुङमा २१ करोड बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेसुङ्गा फर्निचरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

नेपालगन्जको कारकाँदोस्थित रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार राती लागेको उक्त आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको हो ।...

आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा १८ लाख बढीको क्षति भएको छ। विद्युत् सर्ट भई घरमा आगलागी भएको हो।...

नवलपुरमा आगलागी, ३ लाख बढीको क्षति

पूर्वी नवलपरासीको गैडाकोटमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका ५ निवासी शालिकराम घिमिरेको ३ तले पक्की घरमा विद्युत सर्ट भई अचानक...

आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै

बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति

जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे […]

कञ्चनपुरमा आगलागीबाट आठ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”नगरपालिकाको

आगलागीबाट तीन लाख बढीको क्षति

सुनसरी। सुनसरीको सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ। स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीबाट उक्त क्षती भएको हो। सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले विद्युत् सर्ट भएर आगलागी भएको बताए। आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिइएको छ।

फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

खोटाङको दिक्तेलबजारमा सञ्चालित गणेश फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित हर्कराज राईको फर्निचर उद्योगमा मंगलबार बिहान आगलागी हुँदा ५० लाख ८६ हजार बराबरको क्षति भएको जि...

आगलागीबाट तीन लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुँदा तीन लाख ५० हजारभन्दा बढीको क्षति भएको छ । गोठमा बाँधिएको बाच्छी आगलागीमा परेर जलेर मरेको छ । गोठ पूरै जल्नाका साथै बोरिङ पाइप, तयारी अवस्थाको सालको काठ, सिँचाइका लागि गरिएको बायरिङ, प्यानल बोर्ड र अन्न सबै जलेर नोक्सान भएको पीडित भुलले बताए । वडाध्यक्ष बहादुर सिंह महराका अनुसार नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण कायम गरिएको छ ।