आईपीएल 'प्लेअफ' का खेल कोलकाता र अहमदाबादमा हुने

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्लेअफका खेल कोलकाता र अहमदाबादमा हुने भएका छन् ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाताको इडेन गार्डेन मैदानमा क्लालिफायर एक र इलिमिनेटरका खेल हुने तथा अहमदाबादको नरेन्द्र मोदी मैदानमा क्वालिफायर दुई र फाइनल खेल हुने निर्णय गरेको हो ।  यसअघि प्लेअफ र फाइनल खेल हुने मैदानको टुङ्गो लागेको थिएन । प्लेअफका खेलदेखि मैदानको पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिने निर्णय भएको पनि क्रिकेट सम्बन्धिन अनलाइन क्रिकइन्फोले जनाएको छ । दुई वटा सि...

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज कोलकाता र हैदराबाद खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकाता ५ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । हैदराबाद ४ खेलमा ४ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा छ । मुम्बईमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा शीर्षस्थानको कोलकाता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्नेछन् । खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईको वानखडे मैदानमा हुनेछ । आईपीएलमा नवप्रवेशी टोली लखनउ चार खेल खेलेकामा तीनमा जितसहित चौथो स्थानमा छ । यस्तै राजस्थान तीन खेलमा दुई जितसहित पाँचौँ स्थानमा छ।

आईपीएल क्रिकेट : काेलकाता र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ । अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन्। हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। कोलकाताले चेन्नईलाई ६ विकेटले हरायो । यस पटकको आईपीएलमा १० टोली सहभागी छन् ।

आईपीएल २०२२ को खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्नई र कोलकाता भिड्ने

आईपीएल २०२२ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेल मार्च २६ मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच वानखेडे स्टेडियममा हुनेछ । अहिले मात्र लिग खेल हुने स्थान र मिति सार्वजनिक भएको छ । प्लेअफ र फाइनलको बारे स्पष्ट गरिएको छैन। फाइनल खेल मे २९ मा हुनेछ ।लिग चरणका ७० खेल महाराष्ट्रमा हुनेछन् भने ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुनेछन् । २० खेल मुम्बईको वानखेडे स्टेडियम र डा. डीवाई पाटिल स्टेडियममा हुनेछन् भने १५ खेल ब्रेबोर्न स्टेडियममा हुनेछन्। बाँकी १५ खेल पुणेको एमस

आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् ...

आईपीएल : दोस्रो क्वालिफायरमा दुई पटकको च्याम्पियन कोलकाता र दिल्ली खेल्दै

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटअन्तर्गत दोस्रो क्वालिफायरमा आज बुधवार दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । आज राति पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा यी दुई टोली खेल्न लागेका हुन् । कोलकाताले पछिल्लो चारमध्ये तीन खेल जितेको छ । कोलकाताले पछिल्लो खेल (एलिमिनेटर) मा रोयल च्यालेन्जर्स बेङ्गलोरलाई हराएको थियो ।  यता लिग राउन्डमा राम्रो प्रदर्शन गरेको दिल्ली पछिल्लो दुई खेलमा भने खासै राम्रो गर्न सकेको छैन । लिगको राउन्डको अन्तिम खेलमा बेङ्गलोरसँग ह...

दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

२० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण पुष्टि […]

आईपीएल क्रिकेटः आज कोलकाता र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलको सातमध्ये पाँच खेलमा विजयी र दुईमा पराजित भएको बैंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै सात खेलमध्ये दुईमा विजयी र पाँचमा पराजित भएको कोलकाता चार अंकसहित तालिकाको चौथो स्थानमा छ।

आईपीएल प्रिभ्यू : मुम्बई र कोलकाता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्सबीचको खेल हुँदैछ । चेन्नईको चेपक स्टेडियममा साँझ नेपाली समयअनुसार ७ः४५ बजे खेल हुनेछ ।कोलकाताले आइतबार रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई रोमाञ्चक खेलमा १० रनले हराएको थियो । कप्तान इयोन मोर्गन आफ्नो जीतको लयलाई कायम राख्न मैदानमा उत्रनेछन् । उता, मुम्बईसँग कोलकातालाई लगातार चौथो खेलमा पराजित गर्ने मौका रहेको छ । गत सिजन दुवै खेलमा मुम्बईले कोलकातालाई हराएको थियो । पहिलो खेलमा मुम्बईलाई रोयल च्यालेन्जर्स