काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकाता ५ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ ।
हैदराबाद ४ खेलमा ४ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।
मुम्बईमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।