न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ। भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् भने बिराट कोहलीलाई आराम दिइएको छ।
विश्वकपसँगै कोहलीले कप्तानी छाडेपछि रोहितले १७ नोभेम्बरबाट शुरु हुने सिरिजका लागि कप्तानी सम्हाल्न लागेका हुन्।
भारतीय टोलीमा युवा खेलाडीहरुले अवसर पाएका छन्। जसमा वेङकटेस ऐय्यर, आवेश खान, हर्षल…