कुनै बेला मधेसलाई आफ्नो आधार क्षेत्र बनाएको नेकपा माओवादी केन्द्र यस आम निर्वाचनमा प्रतिनिधि सभातर्फ त्यहाँ शून्य बनेको छ । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेले महोत्तरी–१ बाट एमालेका उम्मेदवार लक्ष्मी महतोसँग पराजित भएपछि मधेस प्रदेशमा माओवादी केन्द्र शून्य भएको हो । एमालेका उम्मेदवार महतो २३ हजार ४०२ मत ल्याएर विजय भएका छन् भने माओवादी केन्द्रका उपमहासचिव पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लडेका नेपाल समाजवादी पार