लोसपालाई प्रतिनिधिसभातर्फ ७ सिट (सहमति पत्रसहित)

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । आज बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको हो ।सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ भने रुपन्देही जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ३ (१) लोसपाले पाउने भएको छ ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० दलको जमानत जफत

काठमाडौं,पुस २४ । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभामा ४७ दल सहभागी थिए । राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत […]

धनकुटामा प्रतिनिधिसभातर्फ ३६ र प्रदेशसभातर्फ २३ दलले सय मत पनि पाएनन्

धनकुटा : यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभामा ३६ र प्रदेशसभातर्फ २३ वटा राजनीतिक दलले धनकुटामा सय मत पनि पाउन सकेनन्।धनकुटामा प्रतिनिधिसभा चुनावमा ४७ दल रहेकामा ३६ र प्रदेशसभामा ३६ दल रहेकामा २३ दलले सय मत पनि पाउन नसकेका हुन्।धनकुटामा प्रतिनिधिसभातर्फ सय मत नकटाउने राजनीतिक दलले २ देखि ८९ मत मात्र पाएका छन् भने प्रदेशसभामा २ देखि ९८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।प्रतिनिधिसभातर्फ जनमत पार्

धनकुटामा प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत

धनकुटा : गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका ११ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत भएको हो।धनकुटामा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका २ वटा निर्वाचन क्षेत्र रहेका छन्। जसमा प्रतिनिधिसभा सदस्यका ७ जना उम्मेदवारमध्ये ५ जना तथा प्रदेशसभाका ११ जना उम्मेदवार रहेकामध्ये ६ जनाको जमानत जफत भएको हो।जमानत जफत हुने प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी, राष्ट्

कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

भेरीगङ्गा, ८ मङ्सिर । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको […]

प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो । कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ […]

प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार, प्रदेशमा तीन हजार २२४

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारको  नामावली सार्वजनिक गरेको छ। निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो। प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ जम्मा तीन हजार २२४ जनाको उम्मेदवारी परेको छ।प्रतिनिधिसभातर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला उम्मेदवार छन्। &nb

प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४० उम्मेदवार कायम भएका छन् । राप्रपाले आसन्न निर्वाचनका लागि केही सिटमा नेकपा एमालेसँग तालमेल गरेको छ । बाँकी सिटमा भने राप्रपाले सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ ।निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार कायम रहेको उल्लेख छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हज

कर्णालीमा प्रतिनिधिसभातर्फ कुन क्षेत्रमा को–कसको प्रतिस्पर्धी ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गराएसँगै चुनावी माहोल थप तातेको छ । कर्णालीमा ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कुनै पनि सिट जित्न नसकेको नेपाली कांग्रेस अहिले गठबन्धनको सहारामा ‘कम ब्याक’ गर्ने दाउमा छ ।१० वटा जिल्ला रहेको कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभातर्फ २/२ निर्वाचन क्षेत्र छन् भने बाँकी ८ जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् । एमालेले १० वटै जिल्लामा आफ्ना उम्मेदवार उठाउँदा गठबन्धनबाट भने कांग्रेसले सुर्

गठबन्धन बैठक : लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति

लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति भएको छ। बालुवाटारमा जारी  सत्ता गठबन्धनकाे बैठकमा  ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति जुटेको हो। लोसपासँग सहमति भएसँगै बाँकि...

रौतहटबाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारको नाम सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले रौतहटका सबै निर्वाचन क्षेत्रबाट उमेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ रौतहटको १, २ र ३ नम्बर क्षेत्रमा एकल नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४ मा भने तीन जनाको नाम सिफारिस गरिएको छ ।एमालेले प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर १ मा अजयकुमार गुप्ता, क्षेत्र नम्बर २ मा किरणकुमार साह र क्षेत्र नम्बर ३ मा प्रभु साहको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ मा भने क्षेत्रीय कमिटीले प्रतिनिधिसभाको उमेदवारका रु