काठमाडौं- बन्चरेडाँडामा फोहोर फ्याँक्ने क्रम रोकिएपछि काठमाडौंमा खैलाबैला भएको छ। काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भइरहेको छ । कुलमान घिसिङले सम्हालेको उक्त मन्त्रालयमा भइरहेको वार्तामा बन्चरेडाँडाको ल्यान्डफिल्ड साइट पीडित स्थानीयबासी, जनप्रतिनिधि र सरकारी अधिकारी सहभागी छन् । यसअघि गरेको १८ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले काठमाडौं महानगरपालिकाका […]
काठमाडौँ। सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ। छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्युज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नियमावली स्वीकृत गरेपछि आज (शुक्रबार) राजपत्रमा प्रकाशित भएको छ। विभागले […]
बर्दिया– बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय नगेन्द्र पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।