नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गर्नुभएको हो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएकोा …