थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिपरेका छन् ।
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका पर्यटकीय हवको रुपमा विकास हुने भएको छ । ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यस ठाउँलाई जिल्लाकै नमूना पर्यटकीय हवको रुपमाम विकास गर्न लागिएको हो । सडक सञ्जालले पनि यस पालिकाका सबै गाउँ वस्तीलाई जोडेको छ । तेह्रथुमको आठराई पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गाँउपालिकाभित्र पर्यटन […]
ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो […]
ताप्लेजुङ जिल्लाको पर्यटकीय हिमाली गाउँ ओलाङचुङगगोलाका महिला गलैंचा बुनाईबाट राम्रो आम्दानी गर्ने गरेका छन् । घरमा नै हाते उद्योग सञ्चालन गरि स्थानीय महिलाहरु गलैंचा बुनेर आत्म निर्भर बनेका छन् । तर कोरोनाका...
सुर्खेत–उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ। यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको हो । डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी मन्दिर, धो भ्याली र छार्का गाउँ सबैभन्दा बढी पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । त्यस्तै उपल्लो डोल्पामा […]
गुचुुमुच्च परेको सुन्दर गाउँ । काखैमा रहेको मनास्लु, डा .हर्कपिक लगायत सुन्दर हिमालका दृश्य । झट्ट हेर्दा सार्कभिलेज घलेगाउँकै झल्को दिन्छ, भलामचौरले । पर्यटकीय दृष्टीकोणले सुन्दर भइकन पनि ओझेलमा परेको...
रोल्पा (अस) । रोल्पाको सदरमुकाम लिबाङ नजिकै रहेको कालीपोखरीलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ । रोल्पा नगरपालिका–४ स्थित सामुदायिक वनमा पर्ने कालीपोखरीलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।
प्राकृतिक रूपमा सुन्दर रहेको कालीपोखरीको धार्मिक रूपमा पनि उत्तिकै महŒव रहेकाले यसको प्रवर्द्धनमा आफूहरू जुटेको स्थानीय बासिन्दाको भनाइ छ । विशेषगरी लकडाउनको समयमा आन्तरिक पर्यटन प्रवर्द्धनको परिकल्पना गरिएको नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष तथा स्थानीय महेश न्यौपानेले बताए । आफ्नो पुख्र्यौली खेतबारी नियाल्न गाउँ पुग्ने क्रममा नयाँ सोचाइको विकास भएसँगै आफूहरूले पर्यटन विकासका लागि योजना बनाएको उनको भनाइ छ । कालीपोखरीको विकासका लागि रोल्पा नगरपालिकाले समेत चासो दिएको छ । उक्त क्षेत्रमा आन्तरिक पर्यटक वनभोज जाँदा बस्ने टहरा निर्माण भएको छ भने शौचालय निर्माण समेत शुरू भएको छ ।
इलामको देउमाई नगरपालिकास्थित झ्याउँपोखरीमा पानीको सतह बढेसँगै पर्यटकको चहलपहल सुरु भएको छ । पोखरीको संरक्षणमा स्थानीय र पालिका लागिपरेपछि पानीको सतह बढेको हो ।विगत लामो समय खेलमैदानमा रूपान्तर भएको पोखरीमा पानीको सतह बढेको मात्र छैन, त्यसमुनि रहेका सुकेका धारा र पँधेरोमा समेत पानी पुनः पलाउन थालेको छ । यसले गर्दा गाउँ नै हरियाली बन्ने स्थानीयले […]
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेग नजिकको जङ्गलमा प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी–झिग्राना सडकसँगै जोडिएको एउटा सानो गाउँ छ । सडकसँगै जोडिएको भिरालो पाखोमा टिनले छाएका तथा झ्याल, ढोका केही नभएका साना–साना केही होचा घरहरू देखिन्छन् । निर्माणाधीन सडक छेउसँगै जोडिएको उक्त गाउँ मुक्तहलियाहरुको नमुना बस्ती हो । उक्त गाउँ अहिले खण्डहर […]
सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन नाखोतेकी पेमाल्हामू शेर्पा जुटेकी छन् । दुई दशकअघिदेखि स्याउ खेती छाडेकी उनले फेरि भारतको हिमाञ्चल प्रदेशबाट पाँच सय विरुवा ल्याएर खेती सुरु गरेकी हुन् ।
अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो ।