गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसहित चार जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
आयोगले गुरुङसँगै लेखापाल गंगाबहादुर घले र इन्जिनियर सुजन अंगाई र निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रालिका अमरबहादुर गुरुङविरुद्ध आरोप–पत्र दायर गरेको हो ।
बारपाक सुलिकोट गाउँपालिका–७ को झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणका क्रममा स्टिमेटअनुसार काम नगरेर आर्थिक अनियम...