महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भीमदत्त नगरपालिकाका तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्टसहित १२ जनाका नाममा विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । नगर प्रमुख विष्टसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टलगायतका नाममा मुद्दा दर्ता भएको हो ।