इलामको माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाल निलम्बित भएका छन् । नगरपालिकामा भएको अनियमितता छानबिनका क्रममा उनी दाेषी ठहरिएपछि उनी निलम्बित भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरमा भएको आर्थिक अनियमितता अनुसन्धानका लागि उनलाई निलम्बन गरी हिरासतमा लिएको छ ।