पाँचथर : सुखबोध मावि मतदान स्थलमा अधिकृतदेखि म्यादी प्रहरीसम्म महिलामात्रै

पाँचथर  –  पाँचथरका तीन वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका छन् ।  फिदिममा रहेकाे सुखबोध मावि जोरसालमा रहेको मतदान स्थलका तीनवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी, सुरक्षाकर्मी र म्यादी प्रहरी महिला खटाइएको हो । प्रत्येक केन्द्रमा ८ जनाका दरले २४ जना कर्मचारी र ६ जनाका दरले १८ जना सुरक्षाकर्मी गरी कुल ४२ महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनुभयो । यसअघि गएकाे वैशाखमा सम्पन्न पालिका चुनावमा यहाँका तीन वटाम...

सम्बन्धित सामग्री

तस्बिरहरू: बाईबाई म्यादी

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी औपचारिक रुपमा बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथर र मातहतका सबै कार्यालयले उनीहरुलाई बिदाई गरेका हुन् ।

बैंक खाता खोल्न म्यादी प्रहरीको लाम [तस्बिरहरु]

मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि पाँचथर जिल्लाका लागि १ हजार १२ जना म्यादी प्रहरी छानिएका छन् । छानिएका यत्तिका म्यादीले बिहीबार खाता खोलेका छन् । उनीहरुको बैंक खाता खोल्न जिल्ला प्रहरी कार्यालयले बैंकका घुम्ती टोली कार्यायल सामुन्ने रहेको बीपीपार्कमा बोलाएको थियो ।

फोटोफिचर : म्यादी प्रहरीको अन्तर्वार्तालाई दिनभर लाम

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पाँचथर जिल्लामा म्यादी प्रहरी बन्न आवेदन दिएका युवायुवतीले बिहीबार दिनभर लाम बसेर अन्तर्वार्ता दिएका छन् । म्यादी बन्नेको लाममा १८ देखि ४५ वर्ष उमेर समूहका युवायुवती र प्रौढहरु थिए । उनीहरुमध्ये धेरैजसोले बेरोजगारी समस्याले छोटो अवधिका लागि म्यादी प्रहरी बन्न खोजेको बताए ।