काठमाडौं : नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा समेटिएको छ।आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ।