जमिनमा महिलाको स्वामित्व बढ्यो, जग्गा पासमा कर छूटले बढायो पहुँच

दाङ । कुनै समय यस्तो थियो– महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्नेसम्मको सोच हावी थियो । यसकारण महिलाका नाममा रहने सम्पत्ति भनेको माइतीबाट प्राप्त दाइजो मात्रै हुन्थ्यो ।  अविवाहिता छोरीलाई पनि अर्काको घर जाने जात भन्दै सम्पत्ति दिने चलन हुँदैनथ्यो । तर, त्यो परम्परा अहिले तोडिएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छूट दिने व्यवस्था गरेपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । त्यस्तै कानुनले पनि अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारणले पनि पछिल्लो समय जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो । मालपोत कार्यालय तुलसीपुर, दाङका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा पाँच हजार आठ सय ११ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा सहरी क्षेत्रका चार हजार पाँच सय ७३ जना र ग्रामीण क्षेत्रका एक हजार दुई सय ३८ जना रहेको मालपोत कार्यालय, तुलसीपुरका सूचना अधिकारी लक्ष्मी तामाङले जानकारी दिइन् ।   उनका अनुसार महिलाका नाममा जग्गा पास गर्दा रु २३ करोड १४ लाख ४९ हजार ९८ राजस्व छूट भएको छ । त्यसैगरी आव २०७८/७९ मा सहरी क्षेत्रका पाँच हजार नौ सय ७२ र ग्रामीण क्षेत्रका एक हजार आठ सय २७ गरी कूल सात हजार सात सय ९९ जना महिलाका नाममा जग्गा पास गराउँदा रु आठ करोड ४५ लाख ४० हजार चार सय ७६ राजस्व छूट भएको थियो । ‘कित्ताकाट बन्द हुनु, घरजग्गामा लगानी गर्नेको संख्या घट्नु जस्ता कारण जिल्लामा जग्गाको कारोबार घटे पनि जति लिखत पारित भए त्यसमा महिलाको पहुँच राम्रो छ,’ उनले भने ।  आर्थिक वर्ष २०७७/७८ मा सहरी क्षेत्रका चार हजार आठ सय ९७ र ग्रामीण क्षेत्रका एक हजार पाँच सय गरी जम्मा पाँच हजार नौ सय दुई महिलाको नाममा जग्गा पास हुँदा रु दुई करोड ८६ लाख १० हजार सात सय २३ राजस्व छूट भएको थियो ।  ‘हामी एकै रथका दुई पाङग्रा हौं, श्रीमतीका नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छूट पाइन्छ भने किन पास नगर्ने ? त्यसैले अहिले किन्न लागेको घर जग्गा श्रीमतीको नाममा पास गर्न लागेको छु,’ तुलसीपुर उपमहानगरपालिका–६ का ५४ वर्षीय रामु चौधरीले भने ।  मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास गर्न आएकी तुलसीपुर–१२ की ४१ वर्षीया विणा रेग्मीले आफ्नो नाममा जग्गा राख्दा सुरक्षित पनि हुने र राजस्वमा पनि छूट पाउने हुँदा अहिले किन्न लागेको घरबासको जग्गा पास गराउन लागेको बताए ।  महिला सशक्तीकरणको सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजस्वमा छूट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ साथै महिलाको स्वाभिमान बढेको महिला अधिकारकर्मी विमला शर्माको भनाइ छ । उनका अनुसार सरकारको यो नीतिले सम्पत्तिमा महिलाको पहुँच बढाएको छ भने उनीहरूलाई आत्मनिर्भर बनाउन पनि सहयोगी बनेको छ । रासस  

सम्बन्धित सामग्री

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि […]

एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा

सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो।

कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने सरकारको लक्ष्य

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिँचाइ मन्त्रालयसँग समन्वय गरी आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । सरकारले यो कुरालाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । देशभर ४१ लाख हेक्टर कृषियोग्य जमिन भए पनि हालसम्म पाँच लाख हेक्टरमा मात्र सिँचाइको पहुँच रहेको छ । आगामी आवमा १५ हजार पाँच सय हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले सिँचाइ र कृषिका कार्यक्रममा सामाञ्‍जस्यता कायम गरी सिञ्‍िचत क्षेत्रमा सघन कृषि प्रसार सेवा प्रदान गरिने जनाएको छ ।

मार्सीधान उत्पादन वृद्धि र संरक्षणमा न नीति न बजेट

युवा पलायन बढ्नु, खेती योग्य जमिनमा मनपरी घर भवन निर्माण हुनु, सिँचाई सुविधाको अभाव हुनु लगायतका कारणले जुम्ली मार्सी धान उत्पादन घटेको छ ।मुख्यतयाः मार्सीधान उत्पादन वृद्धि गर्न तथा संरक्षणका लागि युवा पलायन रोक्ने, खेतीयोग्य जमिन बिक्रीमा रोक लगाउने, सिँचाई पहुँच वृद्धि गर्ने प्रदेश र स्थानीय तहको ठोस नीति तथा बजेट नभएकै कारण जुम्ला मार्सी […]

नेपालगञ्जमा मंगलप्रसाद महिला कलेज स्थापना

७ वैशाख, नेपालगञ्‍ज । नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको स्थापना गरिएको छ । करिब १२ कठ्ठा जमिनमा चार तले भवन निर्माण गरिएको उक्त कलेजको पुर्वाञ्जल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.यादवराज कोइरालाले बुधबार उटघाटन गरे। शिक्षामा महिलाको पहुँच बढाउन महिला कलेज स्थापना गर्नु परेको नेपालगञ्जका मेयर डा. धवलसम्शेर राणाले परेको बताए । कलेज स्थापनाले बाँकेसहितका जिल्लाका महिलाको शिक्षामा […]

बाग्लुङमा करोडौंको योजनामा सिँचाइ सुविधा

बागलुङ । बाग्लुङमा ४६ हजार १ सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३० हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । हालसम्म ६ हजार एक सय ४८ हेक्टर जमिनमा सिंँचाइको सहज पहुँच पुगेको भए पनि बाँकी जमिन अहिले पनि सुख्खा रहेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय […]

जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्न जरुरी

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्ने गरी वन क्षेत्रका ऐन तथा नियमावली संशोधन हुन आवश्यक रहेको बताएको छ ।‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाइएको लैंगिक हिंसाविरुद्धको अभियानको अवसरमा फेकोफनले जल, जंगल, जमिनमा महिलाको समान पहुँच हुनुपर्ने माग राखेको हो । […]

‘सबै वडामा स्वास्थ्य सेवाको पहुँच छ’

मुगु जिल्लासँग सिमाना जोडिएको हुम्लाको अदानचुली गाउँपालिका भूगोलका हिसाबले जिल्लाको सानो गाउँपालिका हो । २०६८ सालको जनगणनाअनुसार यहाँ एक हजार पाँच सयभन्दा बढी घरधुरी रहेका छन् । छवटा वडा रहेको अदानचुली गाउँपालिकामा खेतीयोग्य जमिन कम भए पनि उपलब्ध जमिनमा प्रशस्त उत्पादन हुन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट दल फडेरा अध्यक्षमा निर्वाचित हुनुभएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सडक र कानुन निर्माणलगायतका क्षेत्रलाई प्राथमिकता दिएको बताउने अध्यक्ष फडेरासँग विकास निर्माणका विविध पक्षबारे गोरखापत्रका हुम्ला समाचारदाता राजन रावतले गरेको कुराकानी :