नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारको बाटोमा अगाडि बढेको दावी गरेका छन् । नेपाली काँग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काँग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताए । “काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ”, वरिष्ठ नेता पौडेलले भने, “काँग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।” उनले तल्लो तहबाटै काँग्रेसमा आक