भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी छन् । यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन् ।टोकियो ओलम्पिकमा सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ ले हराउँदै कास्य पद हात पार्न सफल भइन् । सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन् । सुशीलले सन् २००८ को बेइजिङ ओलम्पिकमा कास्य र सन् २०१२ को लण्डन ओलम्