काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ‘परमादेशको सरकार र अध्यादेशको पार्टी’ लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार र राजनीतिक दलसम्बन्धी अध्यादेशपछि दर्ता भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लोकतन्त्र कै उपहास भएको आरोप लगाएका हुन्। सरकार र नेकपा (एस) पार्टीले विकृति र विसंगतिबाट लोकतन्त्र नै संकटमा पार्ने उनको जिकिर छ। लोकतन्त्रलाई जोगाउन चुनाव नै सबैभन्दा सुरक्षित उपाय भएकाले अहिलेदेखि