सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे। पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए। त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए। तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फिर्ता गरिदिएका थिए।पछिल्लोपटक भने पासवानले तेलीबाट धोका पाए। उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर ज