जीप चढेर वन्यजन्तु हेर्न गरिने जीप सफारी चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले रुचाउने प्रमुख पर्यटकीय गतिविधिमा पर्दछ । बर्खा सुरु भएसँगै चितवन निकुञ्जभित्र जीप सफारी बन्द हुन्छ । तर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनले जीप सफारी जारी नै राख्दछन् । चितवन सौराहा आडको कुमरोज मध्यवर्ती सामुदायिक वन जीप सफारीका लागि प्रख्यात छ ।