जनकपुर – मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ। मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन्। ‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास […]