राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरूले थप योगदान गर्नुपर्ने बताएकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरूले राष्ट्रिय भावनाको प्रबर्द्धनमा अद्वितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरूको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गरिन् ।उनले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्