नेपालमा वर्षेनी ४० हजारभन्दा धेरै क्यान्सरका बिरामी फेला पर्छन् । पुरुषको तुलनामा महिलामा बढी क्यान्सर रोग लाग्ने गरेको पाइएको छ । नेपालको सन्दर्भमा पाठेघर मुख, स्तन क्यान्सर बढीलाई लाग्ने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाठेघरको क्यान्सर १७ प्रतिशतलाई र स्तन क्यान्सर १५ प्रतिशतलाई लाग्ने गरेकाे पाइएको हो । पाठेघरको मुखको क्यान्सर अंगमा कोशिकाहरू नियन्त्रित नहुँदा, अनावश्यक रूपमा वृद्धि भई निको नहुने घाउ भएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या