मधेश प्रदेशमा पर्यटन विस्तारका आधार

हामीकहाँ हिमाल, पहाड र तराई मधेश सबै क्षेत्र पर्यटकीय सम्भावनाले भरिएका छन् । मधेशको समथर भूमि कृषि र उद्योग व्यापारका लागि मात्र नभएर पर्यटनका लागि पनि उत्तिकै सम्भाव्य छ । यो सम्भावनाको उपयोग हुन पाएको छैन । हिमाल र पहाडका सीमित सम्भाव्यताहरूको उपयोग भइरहे पनि मधेशको पर्यटकीय महत्त्व एक प्रकारले ओझेलमा परेको छर्लङ्ङ नै छ । तराई/मधेश पर्यटकीय हिसाबमा कि पछाडि पर्‍यो या पारियो यो विषयमा बहस होला । सरकारले भारतीय रुपयामा व्यापार व्यवसायमा प्रतिबन्ध नलगाएको अवस्थामा १ सयभन्दा बढी दरका भारतीय नोट बोक्न प्रतिबन्ध लगाउनुको अर्थ छैन । भारतीय पर्यटकलाई तेस्रो मुलुकबाट आएका अन्य पर्यटकसरह सम्मान दिने हो भने मधेशमा पर्यटन व्यवसायले हाम्रै पालामा राम्रै छलाङ मार्ने कुरामा आशंका आवश्यक छैन । भौगोलिक र जनसांख्यिक रूपमा दुई विशाल देशको बीचमा रहेको हाम्रो देशले आर्थिक रूपमा लाभ लिन सक्ने क्षेत्रमध्ये पर्यटन पनि एक हो । सापेक्ष नीति र त्यसको प्रभावकारी कार्यान्वयन हुने हो भने पर्यटनलाई यहाँको मुख्य आयस्रोत बनाउन नसकिने कारण छैन । भौगोलिक र प्राकृतिक सुन्दरताका हिसाबले त पर्यटकले नेपाललाई स्वर्गकै टुक्राको उपनाम पनि दिएको पनि सुनिन्छ । अहिले मधेशले पर्यटन क्षेत्रका समस्याहरूको समाधान चाहेको छ । त्यसैले हामीले यदि मधेशमा साँच्चै पर्यटकीय गतिविध बढाउने हो भने तहगत सरकारले त्यसअनुसारका नीति र योजना बनाएर अघि बढ्नु पर्छ । संघ, प्रदेश र स्थानीय सरकारले वार्षिक बजेट बनाउनुअघि तीनओटै तहगत संवादबाट एकीकृत कार्ययोजना ल्याउनुपर्छ । पर्यटकीय स्थलको पहिचान गरी खास स्थानमा उद्देश्यमूलक तरीकाले देखिने खालका योजनामा लगानी गर्नुपर्छ । त्यसको फाइदा मधेश र त्यससँग जोडिएका सम्पूर्ण सरोकारवालाले तुरुन्तै लिन सकून् । यस्तो सम्भावित क्षेत्रहरू कुन हुन सक्छन् त ? पहिलो प्राथमिकतामा पर्ने भनेको पर्सा राष्ट्रिय निकुञ्ज र पर्साको ठोरी वरिपरिका क्षेत्र नै हुन् । पर्सा राष्ट्रिय निकुञ्ज र ठोरीक्षेत्र अहिलेकै अवस्थामा पनि मधेशमा आकर्षक पर्यटकीय स्थल मानिन्छन् । यदि यी क्षेत्रमा थोरै पूर्वाधार विकास र उचित प्रवर्द्धन हुने हो भने मधेश पर्यटनका हिसाबले सुनको अन्डा दिने कुखुरा नै साबित हुने छन् । यदि तीनै तहका सरकारका बजेट कनिका छरेझैं भिन्नभिन्न ठाँउमा भिन्नभिन्न परियोजनामा लगाएर भ्रष्टाचारको अखडा बनाउनुभन्दा प्रत्येक आर्थिक वर्षमा एकमुष्ट रूपमा यस्ता उत्पादनशील योजनामा लगाउन सकेमा हाम्रै पालामा मधेशको पर्यटनमा कयापलट सम्भव हुनेछ । अझ धार्मिक पर्यटनको हिसाबले त मधेश आफैमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आउँछ । हामीकहाँ प्रचारप्रसारै गर्न नपर्ने आफैमा प्रसिद्ध जानकी मन्दिर, विश्वमै प्रसिद्ध गढमाई मन्दिर, छिन्नमस्ता, पारसनाथ धामजस्ता धेरै प्रसिद्ध मन्दिर छन् । थोरै प्रचारप्रसार र प्रवर्द्धन गरे पुग्ने भाठा धाम, जलेश्वर नाथ, भरत ताल, चुरियामाई, नाडी ताल, शल्हेश फूलबारी, गेट्वे अफ नेपाल भनेर चिनिने शंकराचार्य गेटजस्ता धेरै पर्यटकीय सम्भावना बोकेका पर्यटकीय स्थल छन् । बाराको गढीमाई, वीरगञ्जको घरिअर्वा, गहवा, पारसनाथ, भाठालगायत क्षेत्रको धार्मिक मान्यतासँगै पर्सा राष्ट्रिय निकुञ्जको पर्यापर्यटनको सम्भाव्यतालाई ब्रान्डिङ गर्नुपर्छ । धार्मिक प्रसिद्धि कमाएका यी स्थलको प्रचारप्रसार गर्न हामी धेरै टाढा पनि जानै पर्दैन । छिमेकी देश भारतको हिन्दू धर्मालम्वीहरूको बाहुल्य रहेको विहार राज्य मधेशसँगै जोडिएको छ । यो पर्यटनका लागि अवसर हो । जनकपुर र अयोध्यालाई प्याकेजको रूपमा ब्रान्डिङ गरेर अगाडि बढ्नुपर्छ । यसबाट पर्याप्त पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको समयमा जनकपुर–अयोध्या भगिनी सम्बन्ध र विकास योजनाको कुरा भएको थियो । त्यो योजना अहिले अलमलमा परेको छ । त्यसलाई कार्यान्वयनमा लैजान विलम्ब गर्नु हुँदैन । मधेश प्रदेश सरकारले पर्यटनमा अपनत्व लिएर विहारका शहरहरूमा यस्ता पर्यटकीय स्थलहरूको महत्त्व र परिचय झल्कने होडिङबोर्ड वा अन्य सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिदिने हो भने मधेशमा पर्यटक खोज्न अन्त जानै पर्दैन । अझ भरतीय नम्बर प्लेटका पर्यटकीय सवारीसाधनलाई मधेश प्रदेशभरि भन्सारमा इन्ट्रीमात्र गरेर निःशुल्क आउजाउ गर्न दिने हो भने सहज हुन्छ । सिमानामा भारतीय रुपैयाँ लिएर आएका पर्यटकसँग हुने दुर्व्यवहार भारतीय पर्यटकका लागि हैरानीको मूल कारण बनेको छ । यसले भारतबाट आउने पर्यटकलाई सिमानामा अनपेक्षित हैरानी हुने गरेको छ । यो पर्यटकलाई पैसा नलिई आऊ भनेजस्तै भयो । पर्यटक हामीकहाँ आएर खर्च गरोस् भन्नका लागि त यस्ता कुरामा सहजीकरण गरिनु पर्छ । सरकारले भारतीय रुपयामा व्यापार व्यवसायमा प्रतिबन्ध नलगाएको अवस्थामा १ सयभन्दा बढी दरका भारतीय नोट बोक्न प्रतिबन्ध लगाउनुको अर्थ छैन । भारतीय पर्यटकलाई तेस्रो मुलुकबाट आएका अन्य पर्यटकसरह सम्मान दिने हो भने मधेशमा पर्यटन व्यवसायले हाम्रै पालामा राम्रै छलाङ मार्ने कुरामा आशंका आवश्यक छैन । बालुवाको बगरमा उभिएका देशले त विश्वका पर्यटकलाई तानिरहेका छन् भने प्राकृतिक सुन्दरतामा यति अब्बल हाम्रो देशमा पर्यटक भित्र्याएर अर्थतन्त्रलाई बलियो बनाउन नसक्ने होइन, अभाव दीर्घकालीन सोच र नीतिगत व्यवस्थापनको मात्रै हो । पन्त वीरगञ्ज होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

मधेशमा पर्यटकको सवारी साधनमा अवरोध छैन : मन्त्री मियाँ

मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेश प्रदेशमा पर्यटकको सवारी साधनको आवतजावतमा कुनै अवरोध नरहेको बताउनुभएको छ ।

मधेश प्रदेशमा ७ महीनामा १०.६२ प्रतिशत बजेट खर्च

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४४ अर्ब १९ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएकोमा सात महीनामा ४ अर्ब ६९ करोड १९ लाख ६ हजार रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको १० दशमलव ६२ प्रतिशत मात्र हो । प्रदेश सरकारको बजेट चालूतर्फ १३ प्रतिशत र पूँजीगततर्फ ६ प्रतिशत मात्र खर्च भएको छ । बजेट खर्च बढाउने दायित्व सम्बन्धित मन्त्रालय र निकाय रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले बताएको छ । खर्च गर्ने सन्दर्भमा कानूनी समस्याका विषयमा अहिलेसम्म कुनै पनि मन्त्रालयले कार्यालयलाई जानकारी नगराएको बताइएको छ । मधेश प्रदेश सरकारले मधेशमा गौरवको योजनाभन्दा पनि बढी वितरणमुखी योजनालाई प्राथमिकतामा राखेकाले खर्च हुन नसकेको सरोकारवालाको गुनासो छ । मुख्यमन्त्री सरोजकुमार यादवले आर्थिक पारदर्शिता र सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै बजेट खर्च बढाउन माघ २२ गते मन्त्रालयहरूलाई १९ बुँदे निर्देशन जारी गरेका थिए । तर मन्त्रीहरूमा टुक्रे योजनाप्रति देखिएको मोहका कारण उनी नेतृत्वको सरकार आलोचित बनेको छ । मधेश प्रदेशको भौतिक विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय लगायतको बजेट खर्च निराशाजनक छ ।

मधेशको पर्यटन क्षेत्र भगवान् भरोसामा चलिरहेको छ (अन्तरवार्ता)

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त कोरोना महामारीयता होटल र पर्यटन व्यवसायमा परेको प्रतिकूल प्रभावबाट चिन्तित छन् । होटल व्यवसायी महासंघ नेपालका सचिवसमेत रहेका उनी पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि व्यवसायी र तहगत सरकारको संयुक्त प्रयासको खाँचो देख्छन् । यो व्यवसायको पछिल्लो अवस्था र सम्भावनाबारे पन्तसँग आर्थिक अभियानले गरेको कुराकानीको सार :  होटल तथा पर्यटन व्यवसायको पछिल्लो अवस्था कस्तो छ ? अहिले होटल तथा पर्यटन क्षेत्र थला परेर कोमामा पुगेको छ । कोभिडको पहिलो, दोस्रो र तेस्रो लहर पार गरेपछि यो क्षेत्रमा ठूलो आशा पलाएको थियो । आशा यस अर्थमा कि, कोरोनाकालको लामो लकडाउन अवधिमा विश्व नै एक किसिमले थुनिएर बसेको थियो । र, कोभिडको समाप्तिसँगै मानिसहरू बाह्य होस् वा आन्तरिक दुवै किसिमले घुम्न निस्किन्छन् र होटल तथा पर्यटन क्षेत्रको तुरुन्तै पुनरुत्थान हुन्छ भन्ने व्यवसायीहरूको आकलन थियो । त्यसको ठीक उल्टो भयो ।  केही समय पुरानै लयमा फर्किंदै गरेको यो क्षेत्र त्यसपछि आएको आर्थिक मन्दीले नराम्रोसँग थलियो । मधेश क्षेत्रको पर्यटकीय अवस्था चाहिँ कस्तो पाउनुहुन्छ ? छिमेकी देश भारतको करीब साढे १४ करोड जनसंख्या भएको विहार राज्यसँग जोडिएको मधेश प्रदेशमा पर्यटन व्यवसाय उन्नत हुनुपर्ने हो । यो वास्तवमा मधेशको सपना पनि थियो । यसरी सोच्दा मधेशमा पर्यटनको अपार सम्भावना थियो र छ पनि । अन्त टाढा कतै जान नसके पनि मधेशको सबैभन्दा नजिक, एक प्रकारले आफ्नै आँगनमा रहेको विहारको त्यो जनसंख्याको केही हिस्सामा मात्र पुग्न सके पनि मधेशको पर्यटनका लागि अथाह बजार हुन्थ्यो । तर, त्यस्ता पहल कहीँकतै कुनै स्तरबाट हुन सकेको छैन । यहाँको होटल तथा पर्यटन क्षेत्र भगवान् भरोसा चलिरहेको छ । होटल तथा पर्यटन व्यवसायी संघको एकल प्रयासले मात्र मधेशको पर्यटन विकास र प्रवर्द्धन सम्भव छैन पर्यटकहरू सीमाबाट भित्रिने, तर यहाँ नअडिने किन भएको हो ? मधेशले न आफ्नै बुताले मधेश घुम्न पर्यटन बोलाउन सक्यो, न काठमाडौं, सौराहा र पोखराजस्ता नाम चलेका पर्यटकीय स्थानमा जान सीमानाका हुँदै भित्रिएका पर्यटकलाई यहाँ एक दिन पनि अड्याउन सक्यो । हामीले यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार बनाउन सकेनौं । थोरै लगानी, छोटो समय र थोरै प्रयासबाटै धेरै प्रतिफल दिन सक्ने परियोजना धेरै हुँदा पनि त्यसलाई पहिचान गरी छुट्टै पर्यटन नीति बनाएर अगाडि बढ्न सकेनांै । फलस्वरूप यहाँ त्यस्ता पर्यटकीय स्थल बन्न सकेनन् । भएका केही थोरै पर्यटकीय स्थलको प्रवर्द्धन हुन सकेन । सम्भावना भएका केही पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुन सकेन । यी सब कारणले मधेशमा पर्यटकलाई एक दिन पनि रोक्न सक्ने वातावरण बन्न सकेन । मधेशमा पर्यटक आकर्षणका लागि पर्यटकीय प्याकेज बनाउन पनि हामी पछाडि पर्‍यौं । स्तरीय होटलको अभाव पनि पर्यटक यहाँ बस्न नरुचाउनुको कारण हो ? होइन, मधेशमा पर्यटकको खर्च गर्ने आर्थिक सामथ्र्य अनुसारका पाँचतारे होटलदेखि सामान्य स्तरका होटल धेरै छन् । बरु, पर्यटकीय प्याकेजमा हामी पछाडि परेका हौं । पर्यटकलाई एक–दुई दिन यहाँ रोकेर राख्ने प्याकेज हामीसँग नभएको हो । यस्ता सम्भाव्य ठाउँ नभएका पनि होइनन् । तर, त्यसको उचित संयोजन र प्रचारप्रसारको अभाव छ ।  यस्ता समस्याको समाधान कसरी हुन्छ त ? मधेशको पर्यटन प्रवर्द्धनमा तहगत सरकारको आआफ्नै किसिमको भूमिका छ । जुन तीनै तहका सरकारले इमानदारीका साथ लागेमा असम्भव छैन । साँच्चै पर्यटन प्रवर्द्धनमा लाग्ने हो भने सर्वप्रथम संघीय पर्यटन मन्त्रालय र प्रदेशको पर्यटन मन्त्रालयको संयुक्त टोली बनाई सम्भावित पर्यटकीय स्थलको पहिचान गर्नुपर्दछ । पहिचान गरिएका पर्यटकीय स्थलको विकासका लागि कम्तीमा पनि पञ्चवर्षीय योजना बनाउनुपर्छ । सम्बन्धित स्थानीय तहलाई समेत त्यसमा जोडेर तीनै तहका सरकारले आआफ्नो क्षमताअनुसारको बजेट विनियोजन गर्नुपर्दछ । संयुक्त रूपमा अगाडि बढे ५ वर्षमै धेरै काम गर्न सकिन्छ । यसरी विकास गरिएका पर्यटकीय स्थलको प्रवर्द्धन र प्रचारप्रसार भारतको विहारमै मात्र राम्ररी गर्न सके पनि हाम्रै पालामा मधेशको पर्यटनमा कायापलट सम्भव छ । होटल तथा पर्यटन व्यवसायी संघले पर्यटन प्रवर्द्धनका लागि के कस्ता योजना बनाएको छ ? होटल तथा पर्यटन व्यवसायी संघको एकल प्रयासले मात्र मधेशको पर्यटन विकास र प्रवर्द्धन सम्भव छैन । खासमा हामीले त हाम्रो पर्यटन क्षेत्रको अनुभव र यसको विकासमा देखेको सम्भावना र बाटोका बारेमा तहगत सरकारलाई औंल्याइदिने हो । हाम्रो भोगाइ र अनुभव समेटेर यसो गर्दा ठीक हुन्छ भनेर सुझाव दिने हो, आग्रह गर्ने हो । नीति र त्यसअनुसारका योजना बनाएर कार्यान्वयनमा लैजाने काम सरकारको हो । सरकारको काममा सहकार्यका लागि हामी सधैं तयार छौं ।

पर्यटन व्यवसायका विविध आयाम

नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रूपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्र स्थानमा रहेको छ । नेपालमा पर्यटक आकर्षित हुनुका कारणहरू अनेक रहेका छन् । त्यस्तै नेपालमा पर्यटनका विविध आयात र क्षेत्र रहेका छन् । ती सबै आयामलाई उपयोग गर्न सके यसबाट समृद्धिको बाटो खुल्न सक्छ ।   ग्रामीण पर्यटन : आजभोलि ग्रामीण पर्यटनको महत्त्व ज्यादा बढेको देखिन्छ । शहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रूपमा गाउँ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसरसमेत प्राप्त गराउँछ । पर्यटकहरू स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरू नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदिका बारेमा जान्न चाहेका हुन्छन् । यस्ता पर्यटकका लागि ग्रामीण पर्यटन उत्तम मानिन्छ । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक अवलोकन भ्रमण गर्न होस् या बिदा मनाउन नै किन नहोस्, गाउँमा पुग्ने गरेका छन् । यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । ग्रामीण पर्यटनले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई उक्त उत्पादनको बजारीकरणसमेत हुन्छ । कोदो, फापर, करू, जौ, सिस्नुको पीठो, मार्सी चामल, सिमीको दाल, सिन्की, लप्सी, कागुनोजस्ता दर्जनौं उत्पादनले चर्चा पाउने र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकोले गाउँ पर्यटनको महत्त्व ज्यादा रहेको छ । होमस्टे : होमस्टेले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफल भएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गर्छ । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँपनको अनुभूति गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा वरदान नै सावित हुन सक्छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउन स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरण गरी प्रेरित गर्न सक्नुपर्छ । हस्तकला र पर्यटन : पर्यटन व्यवसायबाट हस्तकलाको विकासमा सहयोग पुग्छ । हस्तकला र पर्यटन एकअर्काका परिपूरक हुन्छन् । पहाडी क्षेत्रका विशेष हस्तकलाहरूमा चकटी, सानासाना कलात्मक मूर्तिहरू, टोपी, फेटा, पटुका, पन्जा, मुडाजस्ता सामग्रीको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । यसले पर्यटनको विकासका साथमा हस्तकलाको पनि प्रवर्द्धन हुन्छ । यसले रोजगारी समेत सृजना गर्छ । त्यसैगरी मधेश प्रदेशमा ढक्की, माटाका आकर्षक भाँडाहरू, विभिन्न देवीदेवताका मूर्ति, मिथिला चित्रकला आदिले पनि बजार पाउन सक्छन् ।   साहसिक पर्यटन : आन्तरिक पर्यटकको प्रमुख रोजाइमा बञ्जी जम्पिङ परेको छ । नेपालमा यस्ता साहसिक गतिविधिहरू सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीमा र्‍याफ्टिङको सम्भावना ज्यादा रहेकाले यसमा थप लगानी र प्रचार आवश्यक छ । यसैगरी प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ । सांस्कृतिक पर्यटन : नेपालमा १२५ जातजातिका मानिसहरूको आआफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्य मान्यता रहेका छन् । यी नै सांस्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटक नेपालमा आउँछन् । यो हाम्रो विशेष पहिचान पनि भएकाले यसको संरक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ । सम्पदा पर्यटन : नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेको छ । विश्व सम्पदा सूचिका सूचीकृत भएका दशओटा सम्पदा नेपालमै छन् । पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य, लुम्बिनी, हनुमान ढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्व सम्पदामा परेका छन् । यिनै सम्पदाहरूका कारण पनि नेपाल अवलोकन भ्रमणका लागि पर्यटक आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अवस्था छ । हावापानीमा विविधता : हाम्रो देश नेपाल हावापानीका हिसाबले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशीतोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । सबै खाले हावापानी रुचाउने पर्यटकलाई नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सम्भावनासमेत बराबर रहेको देखिन्छ । वन्यजन्तु अवलोकन पर्यटन : नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुको विविधितामा पनि अग्र स्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुङ्गीहरू प्रशस्त मात्रामा पाइने भएकाले यहाँ अध्ययन र अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । यस्ता पर्यटक खर्चालु समेत हुने भएकाले पर्यटनले बढी लाभ लिन सक्छ । नेपाल प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली शृंखलाहरू, मनोरम पहाडी स्थलहरू, विभिन्न प्रकारका भू–सतह, गुफा, ताल, झर्ना तथा नदीहरूले विदेशी पर्यटकहरूको मन लोभ्याउने गरेको वास्तविकता हामीसामु छिपेको छैन । अझ हामीले अन्य धेरै स्थानको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

मधेश प्रदेशमा बेथिति : चार मन्त्रालयको बैठक भत्ता २ करोडभन्दा बढी

आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा र उद्योग, पर्यटन तथा वन मन्त्रालयले २ करोड ९ लाख ५६ हजार रूपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए

जनकपुरधाम– मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएका छन् । एक मन्त्रालयसहित मधेश प्रदेश सरकारमा ५ मंसिरमा सहभागि नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नागेन्द्र राय यादव आइतवार पद तथा गोपनियताका शपथ लिएका छन् । मुख्यन्त्री लालबाबु राउले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका […]

मधेश प्रदेशमा राज्यमन्त्रीको सपथ

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)बाट एक जना राज्यमन्त्रीको सपथ गराएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त  भएका नेकपा एसका प्रदेश सभा सदस्य नागेन्द्र राय यादवलाई सपथ गराएका हुन्।

मधेश प्रदेशमा राज्यमन्त्रीले शपथ लिए

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्र राय यादवलाई राज्यमन्त्रीको शपथ गराएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री नियुक्त यादवलाई शपथ गराएका हुन्। प्रदेश सभा सदस्य यादव नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट आइतबार सरकारमा सहभागी भएका हुन्। राज्यमन्त्री बनेका यादव राैतहटका बासिन्दा हुन्।यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्

मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए

जनकपुरधाम – मधेश प्रदेशमा एकजना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका छन्। राज्यमन्त्री बनेका यादव र्रौतहटको निर्वाचन क्षेत्र ३(क) बाट निर्वाचित भएका हुन् । यस अघि यस मन्त्रालयमा […]

मधेश प्रदेशमा एक जना राज्यमन्त्री थपिए

जनकपुरधाम । मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ । नेकपा (एकीकृत समाजवादी)का सांसदलाई राज्यमन्त्री बनाइएको हो । आज (आइतबार) बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् । त्यस […]