विराटनगर। आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ। मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ र १३ गते मृतावस्थामा फेला परेका दुई व्यक्ति र बिहीबार ललितपुरको गोदावरीमा नगरपालिका १२ थेचोमा मृत भेटिएको एक व्यक्तिको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो।