काठमाडौ : आज हुने भनिएको वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानको उपत्यका भेला स्थगित गरिएको छ। अभियानका सचिव बाबुराम थापाका अनुसार विभाजित जिल्ला कमिटी गठनको काम सक्नुका साथै नेकपाका समुहका दोस्रो तहका नेताहरूबीच संवादले ल्याउने परिणाम हेरेर छिटै भेला बोलाइनेछ। यसै बिच सरकार र विप्लव नेतृत्वको नेकपा बिच भएको तीन बुँदे सहमतिको स्वागत गर्दै सहमतिको इमानदार पालनामा अभियानले जोड दिएको पनि सचिव थापाले जानकारी दिए।