राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले शुरू गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ ।
थापाले पृथ्वी जयन्तीको अवसर पारेर अभियान शुरू गर्न लागेका थिए । कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको थापाले जानकारी दिएका छन् ।
‘पौष २७ मा शुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान श...