खेल तोकिएको थियो सवा ३ बजे । तर, १ बजे नै चर्को घाममै दर्शक लाइन लाग्न तम्तयार थियो । खेल सुरु हुन एक घण्टा बाँकी नै थियो, बाइक पार्किङस्थल भरिहाल्यो । बाँसको प्यारापिटमा दर्शक खचाखच भइसक्यो । उभिने र भुइँमा बस्ने सिटमात्रै बाँकी रह्यो । मञ्चमा अथितिको उपस्थितिले सोफा र कुर्ची खाली नै रहेन ।