सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वार्ता र संवादबाट भागेको आरोप लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सर्वदलीय बैठकले संसद्को गत्यावरोध लम्ब्याउन नहुने भन्दै अवरोध हटाउन एमालेसँग आग्रह गर्ने निर्णय गरेको हो ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि उपस्थित नहुने र प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि अनुपस्थित हुनु गलत भएको निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकपछि कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवाद र वार्ताबाट प्रमुख प्रतिपक्ष भाग्न खोजेको आरोप लगाए ।&nbs...