प्रधानमन्त्रीलाई विद्यार्थीको प्रश्‍न- तपाईंले उद्घाटन गरेको गोबर ग्यास बन्द भयो ! घरघरमा ग्यास कहिले आउँछ ?

विराटनगर । केही वर्षअघि विराटनगर गोबर ग्यास प्लान्ट उदघाटन गरेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीले कहिले

सम्बन्धित सामग्री

गोबर ग्यास निर्माण गर्ने उपभोक्ता बढे

तीन वर्षयता सुदूरपश्चिमको कैलाली र  कञ्चनपुर जिल्लाका ग्रामीण भेगमा जैविक ऊर्जामा आधारित गोबरग्यास तथा बायोग्यासको लोकप्रियता निकै बढेको छ । ती दुई जिल्लामा मात्रै अहिलेसम्म १७ हजार ४ सय १९ गोबरग्यास प्लाण्ट निर्माण भइसकेको घरेलु गोबरग्यास तथा प्रविधि विकास कम्पनीका प्रमुख वेदप्रकाश पाण्डेले बताए ।  त्यसमध्ये कैलालीमा ९ हजार ८ सय ७७ र कञ्चनपुरमा ७ हजार ५ सय ४२ गोबरग्यास छन् । कैलाली जिल्लाको हसुलिया गाविस भने बायोग्यास नमूना गाउँका रूपमा स्थापित भएको छ ।  कम्पनीका अनुसार सेती र महाकाली अञ्चलका पहाडी जिल्लामा पनि क्रमिक रूपमा गोबरग्यासको लोकप्रियता बढिरहेको छ । अहिलेसम्म ती दुई अञ्चलका डँडेलधुरा, बैतडी, डोटी, दार्चुला, अछाम, बझाङ र बजारमा गरी ५ सय ३४ गोबरग्यास प्लाण्ट निर्माण भइसकेको पनि सो कम्पनीले बताएको छ ।  घरमै पालिएका गाई, भैंसीको गोबरको प्रयोगबाट यस्तो ग्यास बनाइने हुनाले कृषहरूलाई निकै सजिलो भएको छ । विशेषगरी इन्धनको अभाव र मूल्यवृद्धि झेलिरहनुपर्ने उपभोक्ताहरू गोबरग्यास प्लाण्टको स्थापनापछि आफूहरूलाई आर्थिक रूपमा पनि निकै लाभ भएको बताउँछन् । गेटा गाविस–३ का लालप्रसाद चौधरीले आफूले एक वर्षदेखि गोबरग्यास प्लाण्टबाट खाना पकाउने गरेको बताए ।  वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७

सीतापुरमा गोबरग्याँस जडान गरिने

टीकापुर नगरपालिका–२ स्थित खोटेना भुराखानी सामुदायिक वनमा राखिएका सामुदायिक चौपायाको गोबरबाट दुई सय घनमिटरको गोबर ग्यास प्लान्ट निर्माण गरिएको छ । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गरी गोबर ग्यास प्लान्ट स्थापना गरिएको हो । एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । प्लान्टमा ३५ प्रतिशत टीकापुर नगरपालिका र ६५ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी भएको जनाइएको छ ।

५० लाखको गोबर ग्यास प्लान्ट वर्षौंदेखि प्रयोगविहीन

झापा : मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ। पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा निर्माण गरिएको प्लान्ट अहिले जीर्ण अवस्थामा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ खर्चिएर गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो। मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा

सामुदायिक वनका ५६ उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले ४८ उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरेको छ।काठ बिक्रीबाट आएको दुई लाख ८० हजार रुपैयाँले उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको समूहका अध्यक्ष अमरबहादुर साउदले बताए।  वनमाथिको निर्भरता कम गर्न उक्त काम गरिएको साउदको भनाइ छ।‘सोही रकमबाट आठजना उपभोक्तालाई गोबर ग्यास प्लान्टमा अनुदान रकम उपलब्ध गराएका छौं,’ उनले भने, ‘सामुदायिक वनका उपभोक्ता दाउरामा निर्भर थिए। ग्याँस स

प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास बन्द

प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिडिन्डरका डल्ला फाले। उनले पाइपमार्फत घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए। प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ। चाडबाडको मुखमा प्लान्ट बन्द भएपछि ‘फालेका’ सिलिन्डर स्थानीयले भान्सामा ल्याउनु परेको छ।

विराटनगरका ३२ घरमा गोबर ग्यास, उद्घाटन गर्न प्रधानमन्त्री

‘गोबर ग्यास प्लान्ट’बाट उत्पादन थालिएको ग्यास उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली विराटनगर पुगेका छन्। विराटनगर महानगरपालिका १४ स्थित गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास उद्घाटन गर्न ओलीका साथमा कानुन मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन पनि पुगेका छन्।

महिलाको सक्रियतामा बदलिँदै जुमडाँडा - Naya Patrika

केहीवर्षअघिसम्म अशिक्षित र असभ्य गाउँका रूपमा चिनिने तनहुँको बन्दीपुर–४ जुमडाँडाले अहिले आएर आफ्नो परिचय बदलेको छ । जुमडाँडाका प्रत्येक घरमा गोबर ग्यास प्लान्ट र शौचालय निर्माण भएका छन् । जसले बिस्तारै जुमडाँडालाई...पूरा पढ्नुहोस् »