५० लाखको गोबर ग्यास प्लान्ट वर्षौंदेखि प्रयोगविहीन

झापा : मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ। पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा निर्माण गरिएको प्लान्ट अहिले जीर्ण अवस्थामा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ खर्चिएर गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो। मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा

सम्बन्धित सामग्री

सीतापुरमा गोबरग्याँस जडान गरिने

टीकापुर नगरपालिका–२ स्थित खोटेना भुराखानी सामुदायिक वनमा राखिएका सामुदायिक चौपायाको गोबरबाट दुई सय घनमिटरको गोबर ग्यास प्लान्ट निर्माण गरिएको छ । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गरी गोबर ग्यास प्लान्ट स्थापना गरिएको हो । एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । प्लान्टमा ३५ प्रतिशत टीकापुर नगरपालिका र ६५ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी भएको जनाइएको छ ।

प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास बन्द

प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिडिन्डरका डल्ला फाले। उनले पाइपमार्फत घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए। प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ। चाडबाडको मुखमा प्लान्ट बन्द भएपछि ‘फालेका’ सिलिन्डर स्थानीयले भान्सामा ल्याउनु परेको छ।

महिलाको सक्रियतामा बदलिँदै जुमडाँडा - Naya Patrika

केहीवर्षअघिसम्म अशिक्षित र असभ्य गाउँका रूपमा चिनिने तनहुँको बन्दीपुर–४ जुमडाँडाले अहिले आएर आफ्नो परिचय बदलेको छ । जुमडाँडाका प्रत्येक घरमा गोबर ग्यास प्लान्ट र शौचालय निर्माण भएका छन् । जसले बिस्तारै जुमडाँडालाई...पूरा पढ्नुहोस् »