मनाङमा एमालेलाई गठबन्धनको राहत

हिमाल पारिको जिल्ला मनाङमा यसअघिका कुनैपनि निर्वाचनमा एमालेले जितेको इतिहास थिएन । एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा मात्र माओवादीले जितेपनि त्यसबाहेकका सबै निर्वाचनमा कांग्रेस हावी हुँदै आएको थियो । तर, यो पटक क्रमभंग गर्दै एमालेले बाजी मारेको छ । एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोल्देन छोपाङ गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई पराजित गर्दै इतिहास रचेका हुन् ।

सम्बन्धित सामग्री

मनाङमा बाढी पहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु

लमजुङ – मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख उपलब्ध […]

मनाङमा खाद्यान्न संकट, पूर्वमन्त्री र सांसदले पुर्‍याए राहत

हिमाली जिल्ला मनाङमा खाद्यान्न संकट हुने संकेत देखिएको छ । यातायात अवरुद्ध भएर मनाङमा खाद्यान्नलगायत ढुवानी नभएपछि मनाङको जनजीवन प्रभावित भएको छ ।  गत १ असारको बाढीपहिरोले मनाङ जाने एक मात्र...

मनाङमा हेलिकप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरिँदै

काठमाडौं । यसपालीको मनसुनजन्य विपद्का कारण अतिप्रभावित भएको मनाङमा हेलिकप्टरबाट औषधि र खाद्यान्न प¥याइने भएको छ । बाढी र पहिरोबाट प्रभावित भएको जिल्ला सदरमुकाम चामेलगायत आसपासका क्षेत्र विपद्का घटना भएको लामो समय बितिसक्दा पनि सडक सञ्जाल जोडिन नसकेपछि सरकारले खाद्यान्न पु¥याउन हेलिकप्टरको प्रयोग गर्न लागेको हो । शुरुआती चरणमा यहाँ राहतस्वरुप हेलिकप्टरबाट राहत पु¥याइएको तर […]

मनाङमा रोकिएका गण्डकीका मुख्यमन्त्री पोखरा आइपुगे, विश्वासको मत लिँदै

पोखरा : बाढीपहिरो पीडितको राहत बोकेर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पोखरा आइपुगेका छन्। मौसमको खराबीका कारण बिहिबार मनाङमा  रोकिएका उनी आज बिहान पोखरा फर्कका हुन् । त्यस्तै मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै छन्। शुक्रवार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ।…

मनाङमै रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल पोखरा फर्किए

पोखरा । मौसममा आएको खराबीका कारण मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल पोखरा फर्किएका छन् । बिहिबार पोखराबाट राहत सामाग्रीसहित मनाङको चामे पुगेका मुख्यमन्त्री पोखरेल सहितको टोली मौसममा खराबी आएपछि उतै रोकिएका थिए । शुक्रबार बिहान मौसममा सुधार आएपछि उनीसहितको टोली पोखरा फर्किएको हो ।चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरबार विहीन भएका नागरिकलाई राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपा

खराब मौसमका कारण मनाङमा रोकिए गण्डकीका मुख्यमन्त्री पोखरेल

खराब मौसमका कारण बाढीपीडितलाई राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्र चामे पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङको सदरमुकाम चामेमै रोकिएको छ । पोखरेलसहित मन्त्री राजीव गुरुङ (दीपक...

मनाङमा अड्किए शुक्रबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल

पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएका हुन्।

मनाङमा हेलिकप्टरमार्फत पुर्‍याइयो राहत सामग्री

पोखरा। हिमाल पारीको जिल्ला मनाङका बाढीपहिरो पीडित परिवारका लागि हेलिकप्टरबाट राहत सामग्री लगिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले हेलिकप्टरमार्फत ती सामग्री मनाङ पु¥याएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। मुख्यमन्त्री पोखरेलले तत्काल उद्धार एवम् सहयोगमा लाग्न र वर्षाका कारण अवरुद्ध मनाङ जोड्ने सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनसमेत निर्देशन दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल राहत सामाग्रीसहित मनाङमा

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् । उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिप

मनाङ र सिन्धुपाल्चोकमा राहत पठाइँदै

तामाङका अनुसार सिन्धुपाल्चोकमा ट्रकमार्फत् र मनाङमा हेलिकप्टरमार्फत् खाद्यान्नलगायत राहत सामग्री लैजाने तयारी गरिएको छ।