बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बाँसवारी क्लबले टुसाल क्लबसँग दिउँसो सवा १२ बजे खेल्ने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । यस्तै, आजै हुने अर्को खेलमा दिउँसो साढे ३ बजे श्री कुमारी क्लब र श्री भगवती क्लब खेल्ने छन् । हिजो भएको खेलमा  नयाँ बस्ती युवा क्लब र खुमलटार युथ क्लब विजयी भएका थिए । नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ ले हरायो भने खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ ले हराएको थियो ।  

सम्बन्धित सामग्री

शहीद स्मारक बी डिभिजन लिगः टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ। टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो।...

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए ।     रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता

बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लबको फराकिलो जीत

राजेश पौडेलको ह्याट्रिकको सहयोगमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकाल्दा अर्को खेलमा बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन् ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि आधा दर्जन गोल गरेको हो । एक तर्फी जस्तो भएको खेलमा बाँसबारीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भएको थियो ।

‘बी’ डिभिजन लिग: आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको सुखद सुरुवात

काठमाडौं, १९ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले सुखद सुरुआत गरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले रोमान्चक जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले ह्याट्रिक गरे । खेलको छैटौं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई […]

बी डिभिजन लिग : पुल्चोकलाई पहिलो जित, सातदोबाटोलाई पहिलो हार

काठमाडौं : सहिद स्मारक बी डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्टस क्लबले सोमबार पहिलो जित निकालेको छ। यसअघि ९ खेलमा ७ हार र २ बराबरी खेलेको पुल्चोकले १०औँ खेलमा रानीपोखरी कर्नर टिमलाई २–१ ले हराएर पहिलो जित निकालेको हो।एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलको पाँचौँ मिनेटमा नै अर्जुनकुमार रानाको गोलमा पुल्चोकले अग्रता बनाएको थियो। खेलको ४३ औँ मिनेटमा अमर ढंगोलले रानीपोखरीका लागि बराबरी गोल गरेका थिए। तर, ७७ औँ मिनेटमा किष्मत लिम्बुको गोलले पुल्चोकले लिगमा पहिलो जित पायो। लिगमा

बी डिभिजन लिग फुटबलमा श्रीकुमारी क्लब र बाँसबारी बिजयी

काठमाडौं : नयाँबस्ती युवा क्लबलाई ४–३ ले हराउँदै श्रीकुमारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार जित निकाल्दा अर्को खेलमा बाँसबारीले झम्सीखेल युथ क्लबलाई ४–० ले पराजित गरेको छ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गर्दा पम्बा योल्मु र विवेक पुनले एक एक गोल गरे। पराजित नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक-एक गोल फर्काए। श्री कुमारीले ११ औं मिनेटमा आशिषको गोलब

'बी' डिभिजन लिग : श्रीकुमारी र बाँसबारी विजयी

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आइतवार भएका खेलमा श्रीकुमारी र बाँसबारी विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीकुमारी क्लबले नयाँ बस्ती युवा क्लबलाई चार–तीनले हराएको हो ।  जितसँगै श्रीकुमारीले १० खेलमा ११ अङ्क जोडेको छ । नयाँबस्तीको १० खेलमा १२ अङ्क छ ।  यस्तै एन्फा मैदानमा भएको दोस्रो खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबलाई चार–शून्यले हराएको छ । जितसँगै बाँसबारीले १० खेलमा २१ अङ्क जोडेको छ । झम्सिखेलको १०...

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबको जित

काठमाडौं :  शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले गरेको एक गोल नै निर्णायक बन्यो। जितसँगै १० खेलमा १७ अंक जोडेको ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ।टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ। आजै दिउँसो साढे ३ बजे हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती भिड्दैछन्। खुमलटार २२ अंकसहि