काठमाडौं : सहिद स्मारक बी डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्टस क्लबले सोमबार पहिलो जित निकालेको छ। यसअघि ९ खेलमा ७ हार र २ बराबरी खेलेको पुल्चोकले १०औँ खेलमा रानीपोखरी कर्नर टिमलाई २–१ ले हराएर पहिलो जित निकालेको हो।एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलको पाँचौँ मिनेटमा नै अर्जुनकुमार रानाको गोलमा पुल्चोकले अग्रता बनाएको थियो। खेलको ४३ औँ मिनेटमा अमर ढंगोलले रानीपोखरीका लागि बराबरी गोल गरेका थिए। तर, ७७ औँ मिनेटमा किष्मत लिम्बुको गोलले पुल्चोकले लिगमा पहिलो जित पायो। लिगमा