महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका, नेपाल आत्मरक्षा सङ्घ र स्थानीय गणेश माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका नवनिर्वाचित सदस्य जयराम थापाले नेपाली समाजमा देखिएका महिला हिंसाका घटना न्यूनीकरण गर्न यस्ता कार्यक्रमले टेवा दिने बताउनुभयो …