पूर्ण तथा आंशिक दृष्टिविहीन ११ महिलालाई आत्मरक्षा तालिम दिइएको छ ।
फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालले आत्मरक्षा तालिम दिएको हो ।
उनीहरूलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षासम्बन्धी विभिन्न कला सिकाएका थिए । मगर नेपाल उमा कुङ्फु संघका पूर्व अध्यक्ष एवम् वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन् ।
दृष्टिविहीनहरूले पनि कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफैं गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताए । पाँच दिने तालिम जावलाखेलस्थित डीएभी स्कुलमा भएको थियो ।
सन् २०१३...