खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटाको व्यवस्था गरेको छ । नाँम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरि लिमिटेडले सो खाद्यान्न कोटाको ब्यवस्था गरेको हो ।
लिमिटेडको हुम्ला शाखाका सूचना अधिकारी भरत अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यान्न कोटाको व्यवस्था भएको छ । लिमीको घरधुरी र जनसंख्याका आधार खाद्यान्न कोटा निर्धारण गरिएको हो । उहाँले लिमिटेडको केन्द्रीय कार्यालयद्वारा लिमी बिक्री केन्द्रका लागि कोटा निर्धारण गरि ढुवानीका लागि टेण्डर समेत आव्हान भई सकेको बताउनुभयो ।