नेपाल पर्यटन बोर्डद्वारा युएनडीपीसँगको सहकार्यमा दिगो पर्यटन परियोजना शुरु

भदौ ३, काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको छ । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्नेछ । दुई वर्ष ६ महीना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करीब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्‍याइने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।  परियोजनाको कार्यक्रम अनुरुप पर्यटन बोर्ड, जिविकोपार्जन पुनःउत्थानका लागि दियो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) बीच बुधवार सम्झौता भएको छ । सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढि पर्यटन मजदूरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड १९ को महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदूरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदूरको लागि छोटो अवधिको भएपनि रोजगारीको अवसर सिर्जना गर्ने बताए । ‘कोभिड १९ बाट पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको अवस्था छ । यस क्षेत्रका मजदूरहरूले रोजगारी गुमाएका छन् । यसबाट मजदूरले केही दिनको भएपनि काम पाउँछन, अर्कोतर्फ पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मत संहार तथा सरसफाई हुनेछ । जसले गर्दा हाम्रा सम्पदाहरुलाई जीवन्त राख्न पनि सहयोग पुग्ने छ ।’  उनले भने ।  कार्यकारी प्रमुख डा. रेग्मीले परियोजनाले क्रमशः अन्य क्षेत्रहरूसँग पनि सम्झौता गर्दै कार्यक्रम अघि बढाइने जानकारी दिए । उनले मजदूरहरुले काम गरेपछि सिधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढंगले कार्यक्रमको कार्यान्वयन हुने समेत बताए । यस्तै नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाँईले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस परियोजनाले पर्यटन मजदूरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताउँदै नाटाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिने बताए ।  परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए । सम्झौता अनुरुप नाटाले कोभिड १९ को महामारीले रोजगारी गुमाएका करीब २०० जना मजदूरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिनेछ । सम्झौता अनरूप नाराले आफ्नो मातहतका २०० जना मजदूरलाई त्रिशुली, भोटेकोशी, कर्णाली, सेती र कालिगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मत सम्हार तथा सरसफाई लगायतका काम गरिने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए । उनले पर्यटकीय गतिविधि शून्यप्रायः रहको अवस्थामा यो कार्यक्रमले केहीसम्म भएपनी पर्यटन मजूदरलाई राहत प्रदान गर्ने बताए । उनले अहिले वर्षायाम भएको र नदीमा जलप्रवाह बढिरहेकोले असोज १ गतेबाट मजदूरलाई काममा लगाइने जानकारी दिए । 

सम्बन्धित सामग्री

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवस...

पत्रकारहरुकालागि पर्यटन फोटो पत्रकारिता तालिम

काठमाडौं, २१ भदौ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले पत्रकारहरुका लागि आयोजित दुई छुट्टाछ्ट्टै फोटोपत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा नेपाल […]

दिगो पर्यटन परियोजनालाई पाटा गोल्ड अर्वाड

काठमाडौं- नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानकालागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एसोसियसन (पाटा) गोल्ड अवार्ड –२०२३ प्राप्त गरेको छ । पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वको लागि उक्त अवार्ड पदान गरेको हो । पाटा हेडक्वाटरले विज्ञप्ति जारी गर्दै उक्त […]

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुझाव संकलन

नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले विज्ञहरूको सहभागितामा सात प्रदेशका विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाबीच कार्यशाला गोष्ठीको आयोजना गरी सुझाव संकलन गरेको हो।...

नेपाल पर्यटन बोर्ड र नाराबीच सम्झौता

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा गत वर्ष देखि सुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत दोस्रो चरणको कार्यक्रम सुवात गरेको छ ।जसअनुसार बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) बीच तालिम सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी तथा (नारा)का तर्फबाट […]

दुई सय पर्यटन मजदुरलाई आपत्कालीन रोजगारी

दुई सय जना पर्यटन मजदुरलाई आपत्कालीन रोजगारीको अवसर दिइएको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत उक्त सङ्ख्याका श्रमिकलाई रोजगारी दिइएको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन आफ नेपाल (टान) पश्चिमाञ्चल, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा दुई जना श्रमिकलाई रोजगारी पाएका हुन् ।कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्र पूर्णरुपमा ठप्प बन्दा आर्थिक सङ्कटमा परेका श्रमिकलाई सहयोग गर्ने गरी यो कार्यक्रमको सुरुवात

पर्यटन मजदुरले पाए रोजगार

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत दुईसय जनालाई रोजगारीको अवसर दिइएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई आपतकालीन रोजगार कार्यक्रम अन्र्तगत सो अवसर दिइएको हो ।      ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमअन्तर्गत रोजगार प्रदान गरिएको हो । बोर्डका गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले मजदुरलाई सुरक्षा सामग्री र औजार हस्तान्तरण गरेर उक्त कार्यक्रम...

पर्यटन बोर्ड र टानबीच सम्झौता

कोरोनाका कारण ट्रेकिङ क्षेत्रमा रोजगारी गुमाएकाहरुले ४० दिनको रोजगारी प्राप्त गर्ने भएका छन् । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने गरी सम्झौता भएको हो ।बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने गरी ४० दिनको रोजगारी दिने सम्झौता भएको हो । कार्यक्रममा बोर्डका […]

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ