भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्यो अमेरिका, चीन पर्‍यो पछि

जेठ १६, नयाँदिल्ली(भारत) । अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बन्दै गएको पुष्टि गरेको भारतको वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । यसअघि चीन भारतको सवैभन्दा ठूलो व्यापार साझेदार थियो । शुरुवाती चरणमा कोरोना महामारी फैलिएको कारखाना गतिविधि सुस्त भएका कारण चीन र प्रमुख साझेदार देशहरु बीच ब्यापार घटेको हो । त्यसै समयमा अमेरिकाले भारतलगायत अन्य देशहरुको विपरीत राम्रो अवसर पाएको छ। भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा बढेर ११९ अर्ब डलर पुगेको छ। जवकि २०२०/ २१ मा ८० दशमलव ५१ अर्ब डलर रहेको थियो । सन् २०२१/२२ मा अमेरिकाबाट भारतको निर्यात ५१ दशमलव ६२ अर्ब डलरबाट बढेर ७६ दशमलव ११ अर्ब डलर पुगेको छ। योसँगै अमेरिकाबाट भारतको आयात पनि २०२०/ २१ मा २९ अर्ब डलरबाट बढेर ४३ दशमलव ३१ अर्ब डलर पुगेको छ। भारत र चीनबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा ११५ दशमलव ४२ अर्ब डलरको भएको छ । सन् २०२०/ २१ मा ८६ दशमलव ४ अर्ब डलरको रहेको थियो ।   सन् २०२०/२१ मा चीनबाट भारतको निर्यात २१ दशमलव १८ अर्ब डलर थियो। जुन २०२१/२२ मा बढेर २१ दशमलव २५ अर्ब डलर पुगेको छ।  चीनसँगको भारतको व्यापार घाटा २०२१/२२ मा बढेर ७२ दशमलव ९१ अर्ब डलर पुगेको छ। भारतीय बजार विश्लेषकहरुले अमेरिकासँगको यो व्यापार अझै कायमै रहनेछ। अमेरिका र भारतले निरन्तर व्यापारिक सम्बन्धलाई कायमै राख्न विभिन्न प्रयासहरु जारी राखेका छन्। बैंग्लुरुस्थित इन्डियन इन्स्टिच्युट अफ प्लान्टेसन म्यानेजमेन्ट (आईआईपीएम) का निर्देशक राकेश मोहन जोशीले भारत १ दशमलव ३९ अर्ब जनसंख्या भएको विश्वको तेस्रो ठूलो उपभोक्ता बजार भएको बताउँछन्। ‘दुई देशको अर्थतन्त्रबीच प्रविधि हस्तान्तरण, उत्पादन, व्यापार र लगानीको अपार सम्भावना छ’, उनले भने, ‘भारतले अमेरिका पठाउने उत्पादनमा पेट्रोलियमबाहेक पेट्रोलियम पालिस गरिएको हीरा, औषधि उत्पादन, गहना, हलुका तेल र फ्रोजन झिंगा पर्छन्। जसमा भारतले अमेरिकाबाट पेट्रोलियम, रफ हीरा, एलपीजी, सुन, कोइला र बदाम खरीद गर्छ।’ भारतीय निर्यात संगठन महासंघका उपाध्यक्ष खालिद खान भारत विश्वमै एक उदाउँदो भरपर्दो व्यापारिक साझेदार भएको बताउँछन् । उनका अनुसार  विश्वव्यापी कम्पनीहरुले चीनमा आफ्नो निर्भरता घटाउँदै लगेका छन् जसका कारण ती कम्पनीहरुले आफ्नो व्यापार भारतजस्ता देशहरुमा फैलाइरहेका छन् । चीनभन्दा पहिले यूएई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो।यूएईसँग भारतको द्विपक्षीय व्यापार २०२१/ २२ मा ७२ दशमलव ९ अर्ब डलर थियो। यूएई चाहीं अहिले भारतको तेस्रो ठूलो व्यापार साझेदार हो। त्यसपछि साउदी अरब, इराक र सिंगापुर छन्। एजेन्सीहरु

सम्बन्धित सामग्री

अमेजन जंगलमा भेटियो संसारकै सबैभन्दा ठूलो सर्प (भिडियो)

तर हाल भेटिएको एनाकोन्डा विश्वमा अहिलेसम्म भेटिएकामध्येकै सबैभन्दा ठूलो हो । नौं देशका १४ बैज्ञानिकहरुले अमेजन जंगलमा अनुसन्धानका क्रममा सबैभन्दा ठूलो एनाकोन्डा भेटेका हुन् ।

प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी होः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी भएको बताएका छन्।...

ग्लोबल आइएमई बन्यो देशकै सबैभन्दा ठूलो बैंक

ग्लोबल आइएमई बैंक लिमिटेड देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू...

नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल

कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ। उसले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ।...

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी

नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हो । उक्त आयोजनाको कुल उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ, नेपालमा सञ्चालित अन्य जलविद्युत् आयोजनाको क्षमता योभन्दा कम...

विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो

हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ। यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन्।

सबैभन्दा ठूलो काठमाडौं महानगरको मतपत्र कस्तो छ ?

३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि सबैभन्दा ठूलो मतपत्र काठमाडौं महानगरपालिकाको छापिएको छ ।

भक्तपुरकै सबैभन्दा ठूलो पुलको निर्माण पूरा

भक्तपुर नगरकै सबैभन्दा ठूलो पुल निर्माण पूरा भएको छ। निर्माण सम्पन्न भएको केही समय भए पनि शनिबार मात्रै पुलको उद्घाटन गरिएको हो।...

‘भारत स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो चुनौती कोरोना’

एजेन्सी। बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछिको सम्भवतः सबैभन्दा ठूलो चुनौती कोरोना भएको भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम राजनले बताएका छन्। ‘‘देशले भोगिरहेको सायद सबैभन्दा ठूलो चुनौती। सरकार विभिन्न कारणले थुप्रै स्थानमा उपस्थित छैन,’’ शनिबार युनिभर्सिटी अफ सिकागो सेन्टरको भर्चुअल कार्यक्रममा उनले भने, ‘‘महामारीका कारण भारतका लागि यो त्रासदीपूर्ण समय हो। स्वतन्त्रतापछि देशले भोगिरहेको सबैभन्दा ठूलो चुनौती हो यो।’’

‘भारत स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो चुनौती कोरोना’

एजेन्सी। बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछिको सम्भवतः सबैभन्दा ठूलो चुनौती कोरोना भएको भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम राजनले बताएका छन्। ‘‘देशले भोगिरहेको सायद सबैभन्दा ठूलो चुनौती। सरकार विभिन्न कारणले थुप्रै स्थानमा उपस्थित छैन,’’ शनिबार युनिभर्सिटी अफ सिकागो सेन्टरको भर्चुअल कार्यक्रममा उनले भने, ‘‘महामारीका कारण भारतका लागि यो त्रासदीपूर्ण समय हो। स्वतन्त्रतापछि देशले भोगिरहेको सबैभन्दा ठूलो चुनौती हो यो।’’