प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन्। मुख्यमन्त्रीमा निर्वाचित भएपछि सोमबार पहिलोपटक प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने तयारी भइरहेको बताए।
विराटनगर : पछिल्लो समय प्रदेश १ को नाम पहिचानको आधारमा या भूगोलको आधारमा राख्ने भन्ने विषयले प्रदेशको नामकरण पेचिलो बन्दै गएको छ। यही समय पहिचानवादी विभिन्न संगठन कहिले मुख्यमन्त्री कार्यालय अगाडि त कहिले प्रदेशसभा घेराउ गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।यही क्रम आज (मंगलबार) पनि दोहोरिएको छ। अर्थात प्रदेश १ को नामकरण लिम्बुवान, किरात घोषणाको माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभामा घेराउ गरेका छन्।७ प्रदेशमध्ये ६ प्रदेशले नाम
विराटनगर : लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने भन्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी टुंगो लगाएसँगै दबाबमा रहेको प्रदेश १ सरकारलाई पहिचानको आधारमा नामकरण गर्न भन्दै संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्रमा प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामकरण गर्न तयार रहेकोप्रति समित
विराटनगर : सात प्रदेशमध्ये ६ वटा प्रदेशले राजधानी र प्रदेशको नाम पाइसक्दा राजधानी मात्र पाएर अझै नाम नपाएको प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन्। आज (आइतबार ) प्रदेश १ प्रदेशसभा बैठकपछि एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच छलफल भएको थियो।छलफलका क्रममा उनीहरू जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएका हुन्। एमाले सांसद कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लग
काठमाडौँ, ४ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन् ।आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको […]
२९ असार, विराटनगर । प्रदेश १ को नाम र राजधानी आगामी साउन महिनाभित्रै तोक्ने तयारी गरिएको छ ।
प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र र राजधानी तोक्ने सन्दर्भमा आफूहरु तेस्रो हुने भन्दै साउन महिनाभित्रै तोकिने बताए ।
उनले सहमति जुटाएर प्रदेशको राजधानी विराटनगर नै …
विराटनगर : संवैधानिक व्यवस्थाअनुसार संसद गठन भएको छ महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउनु पर्ने उल्लेख छ। तर, प्रदेश १ को संसदमा यी दुई वटै विषयले अझै औपचारिक प्रवेश पाएको छैन। नाम र राजधानी टुंग्याउन ढिलाई भएको विषयमा प्रदेशसभाका सांसदहरूले असन्तुष्टि पोख्न थालेको छन्।
प्रदेश ४ ले भर्खरै प्रदेशको नाम गण्डकी ...
उदयपुर : प्रदेश १ को नाम र स्थायी राजधानी अझै टुंगो लागेको छैन। प्रदेश सरकार गठन भएको झन्डै आधा वर्ष पुग्दा पनि प्रदेशको नाम र राजधानी नतोकिएको हो। नाम र राजधानीको विषयमा विभिन्न समयमा एक आन्दोलनसमेत भयो।
पूर्वाञ्चलको पुरानो सदरमुकाम धनकुटाले प्रदेश १ को राजधानी माग गर्दै आन्दोलन गर्यो। त्यसैको पेरिफेरिमा धरा...
उदयपुर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। शनिवार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।
राजधानीका बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र स...