काठमाडौं : कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक पाइन्। शुक्रबार शीतल निवासमा पौडेलले फोटो पत्रकारसमेत रहेकी श्रेष्ठलाई प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक दिए। उनले नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै कीर्तिमान कायमसमेत गरेकी थिइन्।छोरीले राष्ट्रपतिबाट पाएको उक्त पदक हेर्न उनका बुवा पनि गोरखाबाट काठमाडौं आए। तर, जब छोरीसँगै शीतलनिवास छिर्न खोजे उनलाई सुरक्षाकर्मीले