प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीले एउटा गाडी फिर्ता गरेका छन् ।
साउन २१ गते लोकान्तरमा समाचार आएपछि भण्डारीले सटुक्क कार्यालयमा एउटा गाडी फिर्ता गरेका हुन् ।
प्र १–१–०२–००१झ–००१० नम्बरको कार सभामुख भण्डारीले संसद् सचिवालयमा फिर्ता गरिसकेको सचिवालयका कर्मचारीहरू बताउँछन् ।
सभामुख भण्डारीले फिर्ता गरेको गाडी कार्यालयमै राख्न थालिएको छ । यता गाडी फिर्ता भएको विषयमा जानकारी लिन खोज्दा प्रदेश सभा सचिव गोपाल पराजुलीले घुमाउरो भाषा प्रयोग गर्दै गाडी कार्यालयमै रहेको जानकार...