जेठदेखि निजी अस्पतालका मेडिकल अफिसरको मासिक तलब ४८ हजार

काठमाडौं : अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरले मासिक तलब ४८ हजार रुपैयाँ पाउने भएका छन्। निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७३७ रुपैयाँ तोकेको हो।उनीहरूको २०७७ फागुन ४ गते  ४२ हजार रुपैयाँ तलब तोकिएको थियो भने २०८० जेठ १ गते देखि बढ्ने भनिएको निर्णयले अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूको तलब ४८ हजार ७३७ रुपैयाँ पुर्&